जाद्रै दिल बस्दा पिडामा रणकला



रंगखबर, काठमाडौँ – फिल्म ‘बुलबुल’को नयाँ गीत सार्वजनिक भएको छ । स्याड भर्सनको ‘जाद्रै बस्यो दिल’मा मुख्य पात्र रणकलाको पारिवारिक पिडा दर्साइएको छ । श्रीमानसँग छुटेर छोरीसँग बस्दाको पिडा गीतले बोलेको छ । फिल्ममा रणकलाको भूमिकामा स्वस्तिमा खड्का छिन् ।

उद्गम परियार र उदयराज पौडेल संगीतवद्द गीतमा रजिना रिमालको स्वर छ । गीतको शब्द सृजनामा भने मणिकला पौडेलको हात छ ।

बिनोद पौडेल निर्देशित ‘बुलबुल’मा स्वस्तिमाका अलावा मुकुन भुषाल, जोयस पाण्डे, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, एलिना कार्की लगायतले अभिनय गरेका छन् । 

फागुन ३ गते रिलिज हुने फिल्ममा अबीरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्