‘लभ स्टेशन’ चैतमा, गीत भ्यालेन्टाइनमा



रंगखबर, काठमाडौँ – प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेशन’को रिलिज मिति तय गरिएको छ । यसअघि चैत १ र २९ मा रिलिज हुने हल्लाका वावजुत रिलिज अन्योलमा थियो । निर्माता गोविन्द शाहीले अब फिल्म चैत २२ मा रिलिज कन्फर्म गरेका छन् ।

उज्ज्वल घिमिरे निर्देशित फिल्ममा प्रदीपसँग जसिता गुरुङको जोडी दोहरिएको छ । यसअघि ‘लिलिबिली’मा रुचाइएको यो जोडीकै कारण ‘लभ स्टेशन’ प्रतिक्षामा छ । 

फिल्मको पहिलो गीत भ्यालेन्टाइन दिवसको अवसर पारेर फागुन २ गते सार्वजनिक गर्ने सोचमा निर्माण पक्ष छ । ‘घाम जुन नै चाहिदैन’ बोलको गीत केहि दिन अगाडी भियतनामका सुन्दर ठाउँमा खिचिएको थियो । गीतमा प्रदीप र जसिताको रोमान्टिक दृश्यहरु कैद गरिएको छ । 

फिल्ममा मेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाललगायतका कलाकारको पनि अभिनय छ । यहि वर्ष प्रदर्शनमा आएको ‘रोज’ फ्लप भएपछि प्रदीपलाई ‘लभ स्टेशन’को भर छ ।

प्रतिक्रिया दिनुहोस्