प्रतिक्षा सकियो : यस्तो छ ‘ए मेरो हजुर ३’ को टिजर



रंगखबर, काठमाडौँ-  ‘ए मेरो हजुर’को सिरिज मन पराउने दर्शकहरुका लागि खुसीको खबर आएको छ । अघिल्ला २ सिरिज हिट भै सकेको उक्त फिल्मको तेश्रो सिरिजको टिजर सार्वजनिक भएको छ । करिब १ मिटेन लामो टिजरमा नायक अनमोल केसी र झरना पुत्री सुहाना थापाको केमेस्ट्री देख्न सकिन्छ ।

सुहाना ईन्टरटेनमेन्टको ब्यानरमा सुनिल कुमार थापाले निर्माण गरेको फिल्मलाई झरना थापाले निर्देशन गरेकी छिन । संजय लामा लामाको छायांकन रहेको फिल्ममा आशिष अविरल, कल्याण सिंह र प्रतिक पौडेलको संगीत छ भने कविराज गहतराज, रामजी लामिछाने, राहुल शाह, प्रविण सिहं फिल्मका कोरियोग्राफर हुन् ।

म्युजिकल लभ स्टोरीमा आधारित फिल्ममा अनमोल रकस्टारको भूमिकामा देखिएका छन । फिल्म आउँदो नयाँ बर्षको अवसर परेर अल नेपाल प्रदर्शन हुदैछ ।

प्रतिक्रिया दिनुहोस्