‘भ्यालेन्टाइन’मा प्रदीपले दिएको उपहार (भिडियो)



रंगखबर, काठमाडौँ- फागुन २ गते ‘भ्यालेन्टाइन डे’को अवसर पारेर फिल्म ‘लभ स्टेशन’को पहिलो गीत उपहार स्वरुप सार्वजनिक गरिएको थियो । प्रदीप खड्का र जसिता गुरुङलाई फिचर गरिएको गीतलाई नेपालसँगै भियतनामका सुन्दर लोकेशनमा खिचिएको छ ।

‘घाम जुन चाहिदैन’ बोलको गीतमा दीपक शर्माको शब्द/संगीत र सुगम पोखरेल/रेश्मा पुनको स्वर छ । गीतको कोरियोग्राफी भने शिशिर खतिले गरेका हुन् ।

यसअघि ‘लिलिबिली’मा समेटिएको प्रदीप/जसिताको जोडीलाई रुचाइएको थियो । त्यसैले ‘लभ स्टेशन’मा पनि रुचाउने आशा गरिएको छ । उसो त प्रदीपको पछिल्लो रिलिज ‘रोज’ बक्सअफिसमा चिप्लिएपछि ‘लभ स्टेशन’का बारेमा दुई थरी आँकलन पनि भैरहेका छन् ।

उज्ज्वल घिमिरे निर्देशित ‘लभ स्टेशन’को रिलिज मिति चैत २२ तोकिएको छ । गोविन्द शाही, क्रिशु शाही (काफिया) र कबिर बिक्रम शाहीले निर्माण गरेको फिल्ममा रमेश बुढाथोकी, सिरु बिष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, कालु राणा, दिनेश काफ्ले, रश्मि पाण्डे, रिशु खरेल, ज्वलन्त गौतमलगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्