‘गैंडालाई चार वर्ष’ पुस्तकमाथि आधारित ‘खाग’ ट्रेलर



रंगखबर, काठमाडौँ – साता अगाडी सुबिन भट्टराईको ‘समर लभ’ पुस्तकमा आधारित फिल्म ‘समर लभ’ प्रदर्शनमा आएको थियो । फिल्मले नत बक्सअफिसमा राम्रो कमाई गर्यो, न दर्शकले रुचाए ।

साहित्य माथि आधारित झुर फिल्महरुको लिस्टमा ‘समर लभ’ पनि समेटियो । अब कमलजंग कुँवर लिखित ‘गैंडालाई चार वर्ष’ पुस्तकमाथि आधारित फिल्म ‘खाग’ प्रदर्शनमा आउने भएको छ । फागुन २४ गते रिलिज हुने फिल्मको ट्रेलर पनि सार्वजनिक भएको छ ।

मनोज पण्डित निर्देशित फिल्मको ट्रेलरले गैंडाको खाग वेचबिखन र त्यसको संरक्षणमा लागेको युवाको संघर्ष प्रस्तुत गरेको छ । फिल्मको मुख्य भूमिका प्रविण खतिवडा छन् ।

रिलिजको पुर्वसन्ध्यामा ‘रिभ्यु कन्टेस्ट’ पनि घोषणा गरिएको छ । फागुन २४ देखि २७ को विचमा उत्कृष्ट रिभ्यु लेख्नेलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई २५ सय पुरस्कार प्रदान गरिने बताइएको छ । ‘रिभ्यु कन्टेस्ट’का लागि फिल्मसँग इ-सेवाले सहकार्य गरेको छ ।

प्रमिला कुँवर निर्मित फिल्ममा पुस्कर गुरुङ, आशान्त शर्मा, अर्जेश रेग्मी, नरेन्द्र बराल, सिर्जना अधिकारीलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्