कर्माकी ‘किच किचे माया’ आना



रंगखबर, काठमाडौँ – चैत १ गते रिलिज हुने फिल्म ‘द म्यान फ्रम काठमाडौँ’को दोस्रो गीत सार्वजनिक भएको छ । सुजेन्द्र डी कार्कीको शब्द/संगीत रहेको ‘किच किचे माया’मा कर्मा र आना शर्मा फिचरिङ छन् ।

चन्दन धोज केसी गाएको गीतमा कर्माले जिक्याउदै आनालाई फकाइरहेका छन् । 

पेमा ढोन्डुपको निर्देशन रहेको फिल्मलाई नकिम उद्दिनले निर्माण गरेका हुन् । नेपाली र अंग्रेजी भाषामा निर्मित फिल्ममा कर्मा र आनासँगै जोसे मानुइल, गुलसन ग्रोभर, हमीद शेख, निर शाह, मिथिला शर्मा, परमिता राज्यलक्ष्मी शाह लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्