उत्तरप्रदेशको कथालाई ओस्कार, भारतीय भन्छन ‘ठुलो सफलता’



रंगखबर, काठमाडौँ – आइतबार राती अमेरिकाको लस एन्जल्समा ९१ औँ संस्करणको ओस्कार अवार्ड सम्पन्न भयो । २४ विधा समावेश अवार्ड समारोहमा ‘बोहीमियन र्यापसोडी’ले सर्वाधिक चार विधामा कब्जा जमायो ।

यसविचमा भारतको उत्तर प्रदेशको एक कहानीले ओस्कार चुम्न सफल भयो । रायका जेहतब्ची निर्देशित डकुमेन्ट्री ‘पिरियड इन्ड अफ सेन्टेन्स’ बेस्ट डकुमेन्ट्री – सर्ट सब्जेक्टस विधामा विजेता बनेको थियो ।

उत्तर प्रदेशको हापुड ठाउँको महिनावारी वा रजस्वला विषयक डकुमेन्ट्रीले ओस्कार जित्नुलाई भारतले सबै भन्दा ठुलो सफलता मानेको छ । डकुमेन्ट्रीको कथा, विषयबस्तु र कलाकार भारतीय हुन् । हापुड गाउँका महिलालाई ‘सेनेटरी प्याड’को बारेमा जानकारी छैन । पुरुषलाई पनि पिरियडको बारेमा सोध्दा उनीहरु ‘कक्षामा प्रयोग हुने पहिलो पिरियड, दोस्रो पिरियडलाई सम्झन्छन् ।

२५ मिनेटको डकुमेन्ट्रीको कार्यकारी निर्माता गुनीत मोंगा हुन् । उनि डकुमेन्ट्रीसँग जोडिएकी एक मात्र भारतीय हुन् । विषय, कलाकार भारतीय भएपनि यस डकुमेन्ट्रीलाई अमेरिकाले निर्माण गरेको हो ।

भारतीय कथाले ओस्कार जितेपछि अहिले ‘पिरियड – इन्ड अफ सेन्टेन्स’को खुबै चर्चा चुलिएको छ । ‘सेनेटरी प्याड’को विषयमा बलिउडमा अघिल्लो वर्ष ‘प्याडम्यान’ नामक फिचर फिल्म पनि निर्माण भएको थियो ।

१ औँ ओस्कार: ग्रीनबुक, रमी मलेक र ओलिभिया कोलम्यान उत्कृष्ट (सूचीसहित)

https://youtu.be/7PCt_WE6mqI

प्रतिक्रिया दिनुहोस्