‘प्रेमलीला’को दोस्रो ट्रेलर रिलिज, दुई हिरोसँग दीपशिखाको प्रेम



रंगखबर, काठमाडौँ – प्रेम, घात र बदलाको कथा ‘प्रेमलीला’को दोस्रो ट्रेलर रिलिज भएको छ । फिल्ममा नेपाली र भारतीय बीचको प्रेम दर्साइएको छ ।

ट्रेलरमा मुख्य कलाकार दीपशिखा खड्कालाई दुई अवतारमा देख्न सकिन्छ । प्रमिल संवाद भरिपूर्ण ट्रेलरमा मुख्य कलाकार दीपशिखासँगै मौसम खड्का र अलि खान हाइलाइट्स छन् ।

फिल्मको ट्रेलरमा निर्देशकको नाम छापिएको छैन । निर्देशकसँग दीपशिखाको मनमुटाव भएपछि उनले बीचबाटै फिल्म छोडेका थिए । त्यसपश्चातको निर्देशनको काम दीपशिखाको अगुवाईमा सकिएको थियो ।

फिल्ममा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा र भारतीय कलाकार अर्चना शुक्लाले पनि अभिनय गरेका छन् । फागुन १० मा रिलिज हुने भनिएको फिल्म अब चैत ८ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्