अनमोललाई ‘मेरो एउटा साथी छ २’ र ‘प्रताप’सँगै चार फिल्मको अफर



रंगखबर, काठमाडौँ – अनमोल केसीको ‘क्याप्टेन’ दोस्रो सातामा प्रदर्शनरत छ । यसपछि चैत २९ मा उनि अभिनित ‘ए मेरो हजुर ३’ रिलिज हुँदैछ । यस बाहेक अनमोल अन्य फिल्ममा जोडिएका खबर बाहिरिएका छैनन् । मिलन चाम्सको ‘ब्याचलर बन्टी’ छोडेपछि तत्काललाई उनको नाममा फिल्म साइन भएका छैनन् ।

यसै विच अनमोलले आफुलाई चार फिल्म अफर आएको बताएका छन् । पहिलो, ‘कागजपत्र’ निर्देशक अपिल विष्टबाट ‘प्रताप’ नामक फिल्मको अफर आएको बताए । फिल्मको वान लाइन कथा मन परेको बताउने अनमोल ‘ए मेरो हजुर ३’ रिलिज पछि मात्र अन्तिम निर्णयमा पुग्नेछन । त्यसका लागि निर्माण पक्षले छिट्टै नै पुरा स्क्रिप्ट बुझाउदै छन् ।

त्यस्तै गोप्य स्रोत भन्छ ‘दिनेश राउतको निर्देशनमा बन्ने ‘मेरो एउटा साथि छ २’बाट पनि अफर गरिएको छ । तर, साइनको लागि उनि फाइनल मूडमा पुगेका छैनन् । उनिसँग अन्य दुई लभस्टोरी फिल्मका बारेमा पनि कुरा राखिएको छ । अहिले ‘ए मेरो हजुर ३’को अन्तिम छायाँकन र प्रमोसनमा व्यस्त अनमोल,  नयाँ वर्षको सुरुवातसँगै अन्य फिल्ममा जोडिने छन् ।

अनमोल अभिनित ‘क्याप्टेन’ले प्रदर्शनको १२ औँ दिनमा ५ करोड माथिको व्यापार गरेको रिपोर्ट प्राप्त भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्