‘द भ्वाइस’को अडिसन सकिन १ साता बाँकी



रंगखबर, काठमाडौँ – गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को दोस्रो संस्करण सुरु हुने भएको छ । आइतबार राजधानीमा प्रेसमिट गरि शोको बारेमा जानकारी दिइयो ।

सिजन २ को लागि डिजिटल अडिसनको समय सकिन अब केहि दिन मात्र बाँकी रहेको छ । माघ १ गतेबाट सुरु भएको अडिसन चैत १० मा सकिने आयोजकले बताएको छ । हिमालय टिभी एचडीबाट प्रशारण हुने शोको अडिसनका लागि विश्वभरका प्रतिभाले ‘द भ्वाइस अफ नेपाल’को एप डाउनलोड गरेर सहभागिता जनाउन सक्नेछन् ।

 साथै, म्यासेन्जर, भाइबर जस्ता एपबाट पनि स्वर रेकर्ड गराएर सहभागिता जनाउन सकिनेछ । अडिसनको माध्यम सजिलो बनाउन  यसपटक फोनबाट पनि आवाज रेकर्ड  सकिने निर्देशक लक्ष्मण पौडेलले जानकारी दिएका छन् ।

जसका लागि ९८२३६१४१८५ मा सम्पर्क गर्न सकिनेछ । विश्वकै चर्चित गायन रियालिटी शो ‘द भ्वाइस’लाई नेपालमा एएनसी इभेन्ट म्यानेजमेन्टले भित्र्याएको हो । दोस्रो सिजनमा डिजिटल अडिसन मार्फत १० हजारलाई सहभागी गराउने लक्ष्य आयोजकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्