दीपशिखाको ‘प्रेमलीला’लाई पीजी सर्टिफिकेट



रंगखबर, काठमाडौँ – प्रेम, घात र बदलाको कथा ‘प्रेमलीला’ लाई सेन्सरले पास गरेको छ । फिल्मलाई सेन्सरले पास गराउदै पी जी सर्टिफिकेट थामाएको छ । यस अघि गीत र ट्रेलर सार्वजनिक भै सकेको फिल्म आउँदो शुक्रबार देखि देशभर प्रदर्शन हुदैछ | फिल्ममा मुख्य कलाकार दीपशिखा खड्कालाई दुई अवतारमा देख्न सकिन्छ । प्रमिल संवाद भरिपूर्ण फिल्ममा मुख्य कलाकार दीपशिखासँगै मौसम खड्का र अलि खान हाइलाइट्स छन् ।

फिल्मको ट्रेलरमा निर्देशकको नाम छापिएको छैन । निर्देशकसँग दीपशिखाको मनमुटाव भएपछि उनले बीचबाटै फिल्म छोडेका थिए । त्यसपश्चातको निर्देशनको काम दीपशिखाको अगुवाईमा सकिएको थियो ।



फिल्ममा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा र भारतीय कलाकार अर्चना शुक्लाले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्