रंगखबर, काठमाडौँ – प्रेम, घात र बदलाको कथा ‘प्रेमलीला’ लाई सेन्सरले पास गरेको छ । फिल्मलाई सेन्सरले पास गराउदै पी जी सर्टिफिकेट थामाएको छ । यस अघि गीत र ट्रेलर सार्वजनिक भै सकेको फिल्म आउँदो शुक्रबार देखि देशभर प्रदर्शन हुदैछ | फिल्ममा मुख्य कलाकार दीपशिखा खड्कालाई दुई अवतारमा देख्न सकिन्छ । प्रमिल संवाद भरिपूर्ण फिल्ममा मुख्य कलाकार दीपशिखासँगै मौसम खड्का र अलि खान हाइलाइट्स छन् ।
![](https://i2.wp.com/www.rangakhabar.com/wp-content/uploads/2019/03/53926383_1965902366869235_6661527789725810688_n.jpg?fit=720%2C540)
फिल्मको ट्रेलरमा निर्देशकको नाम छापिएको छैन । निर्देशकसँग दीपशिखाको मनमुटाव भएपछि उनले बीचबाटै फिल्म छोडेका थिए । त्यसपश्चातको निर्देशनको काम दीपशिखाको अगुवाईमा सकिएको थियो ।
![](https://www.rangakhabar.com/wp-content/uploads/2019/03/prem-leela-second-trailer-ranga-khabar-768x413.jpg)
फिल्ममा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा र भारतीय कलाकार अर्चना शुक्लाले पनि अभिनय गरेका छन् ।