युवा दर्शक फकाउदै सलिनमान



रंगखबर, काठमाडौँ – बक्सअफिसको आशाशित फिल्म ‘यात्रा – अ म्युजिकल भ्लग’ अहिले चर्चामा छ । पहिलो फिल्म ‘ए मेरो हजुर ३’बाट चम्किएका सलिनमान बनियाँ, बिग व्यानर/बजेट र प्रतिस्पर्धि फिल्म ‘ए मेरो हजुर ३’का कारण पनि ‘यात्रा’मा सबैको ध्यान केन्द्रित छ । 

चैत २९ को रिलिज डेट नजिकिदै गर्दा निर्माण पक्षले प्रचारलाई पनि चुस्त बनाउदै छ । युवा पुस्ताको कथा बोकेको फिल्मले युवा लक्षित क्षेत्रमा पुगेर फिल्मको बारेमा जानकारी दिन सधै अगाडी नै छ ।

आइतबार सलिनमानसँग कलाकार मलिका महत, सलोन बस्नेत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई  र विशाल कटवाल हात्तीवनको एलएको तेस्रो वर्षका विद्यार्थीले आयोजना गरेको ‘एलए कल्चर फेस्ट २०१९’को समापनमा उपस्थित भए ।

उनिहरु कलेज पुगेपछि सेल्फी लिन विद्यार्थीको लर्को नै लागेको थियो । विशेषत सलिनमानसँग फोटो खिचाउन उनीहरु तल्लिन देखिन्थ्ये । सलिनले फिल्मले युवाको कथा उठाएको बताउदै दर्शकलाई चैत २९ गते हलसम्म पुगिदिन आग्रह गरे । त्यस्तै सलोन बस्नेतले फिल्मको गीत र डाइलग सुनाएर माहोल गर्म्याए ।

सम्राट शाक्य डेब्यु निर्देशनमा जयनन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, योगेश जंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

केशव भट्टराई र चिजकुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिमिल्सिना, रामशरण घिमिरे र सुशील पोखरेलले लगानी भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्