निर्धारित समयमै किन रिलिज भएन ‘ए मेरो हजुर ३’ ट्रेलर ?



रंगखबर, काठमाडौँ – वर्षकै बहुप्रतिक्षित फिल्म ‘ए मेरो हजुर ३’को ट्रेलर निर्धारित समयमा रिलिज हुन् सकेन । बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट बुधबार ६ बजे फिल्मको ट्रेलर रिलिज गरिने तय गरिएको थियो ।

तर, बुधबार ट्रेलर पर्खेर बसेका दर्शक निराश हुनुपर्यो । निर्माण पक्षले दिएको जानकारी अनुसार विहिबार १ बजे ट्रेलर सार्वजनिक हुनेछ । तयार गरिएको ट्रेलरमा प्राविधिक समस्या आएपछि सार्वजनिक गर्न असमर्थ रहेको निर्देशक झरना थापाले बताइन ।

बुधबार बेलुका राजधानीमा एक कार्यक्रम गरि निर्माण पक्षले पत्रकारलाई ट्रेलर देखाएको थियो । जहाँ झरनाले आफ्नो जन्मदिनको केक पनि काटेकी थिइन् । 

सुनिलकुमार थापा निर्मित लभस्टोरी फिल्ममा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्