‘क्याप्टेन’को रेकर्ड ‘ए मेरो हजुर ३’को नाममा



रंगखबर, काठमाडौँ – अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ३’ले प्रदर्शन पुर्व नै रेकर्ड राख्न सफल भएको छ । बिहिबार रिलिज गरिएको फिल्मको ट्रेलरलाई २४ घण्टा भित्र सर्वाधिक हेरिएको छ ।

अनमोलकै ‘क्याप्टेन’लाई झिनो अन्तरले उछिन्दै ‘ए मेरो हजुर ३’ले पहिलो दिनको अन्तरालमा ८ लाख ११ हजार बढी भ्युज बटुल्न सफल भएको हो । गत वर्ष रिलिज अनमोलको ‘कृ’ले २४ घण्टामै ६ लाख ३३ हजार बढी भ्युज बटुल्दै यो रेकर्ड आफ्नो पक्षमा पारेको थियो । दुई महिना अगाडी ‘कृ’को रेकर्ड ‘क्याप्टेन’ले तोड्दै  ८ लाख १० हजार बढी भ्युज कायम गरेको थियो ।

१ हजार अन्तर नै भएपनि अब २४ घण्टामा सर्वाधिक हेरिएको ट्रेलरमा ‘ए मेरो हजुर ३’को नाम दर्ता भएको छ । साता अगाडी मात्रै २४ घण्टा भित्र सर्वाधिक हेरिने गीतमा ‘ए मेरो हजुर ३’कै ‘परान’ले रेकर्ड राखेको थियो ।

रिलिज अगाडी नै दुई रेकर्ड राख्दा झरना थापा निर्देशित फिल्मले बक्सअफिसमा पनि ठुला रेकर्ड राख्न सक्ने अनुमान गरिएको छ ।

सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा अर्पण थापा, सलोन बस्नेत, रेअर राई, रविन्द्रा झा लगायतका कलाकारको पनि अभिनय छ ।

‘क्याप्टेन’ मार्फत अनमोलले तोडे आफ्नै रेकर्ड

प्रतिक्रिया दिनुहोस्