यात्राको ‘डुली डुली’ सार्वजनिक



रंगखबर, काठमाडौँ- केहि दिन अघि ट्रेलर र पहिलो गीत सार्वजनिक गरेर चर्चामा रहेको फिल्म यात्रा को दोश्रो गीत सार्वजनिक भएको छ । डुली डुली बोल रहेको उक्त गीतमा फिल्मकि मुख्य पात्र मलिका महत फिचर्ड छिन । मेलिना राईको सुमधुर स्वरले सजिएको गीतमा दिबेश उप्रेती र प्रतिक पौडेलको शब्द तथा कोबिद बज्र र प्रतिक पौडेलको संगीत रहेको छ ।

फिल्ममा डेब्यु गर्ल मलिका महत दृष्टिविहिन युवतीको भूमिकामा छिन् । जो बिकट गाउँलाई संगीतले मन्त्रमुग्ध पार्छिन । त्यस्तै सलिनमान बनियाँ, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई र विशाल कटवाल भगिष्टको भूमिकामा छन् । भने, सलोन बस्नेत भिलेन अवतारमा प्रस्तुत भएका छन् ।

फिल्ममा जयनन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, योगेश जंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

केशव भट्टराई र चिजकुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिमिल्सिना, रामशरण घिमिरे र सुशील पोखरेलले लगानी भरेका छन् । फिल्म चैत २९ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्