‘पोइ पर्यो काले’मा भित्रिए सौगात, के सहायक भूमिकामा छन् पूजा र आकाश ?



रंगखबर, काठमाडौँ – शिशिर राणाले निर्देशन गर्ने आगामी फिल्म ‘पोइ पर्यो काले’ कास्टिङका कारण चर्चामा छ । फिल्ममा अहिले सर्वाधिक लोकप्रिय जोडी पूजा शर्मा र आकाश श्रेष्ठलाई निर्देशकले महँगो पारिश्रमिकमा अनुबन्ध गरिसकेका छन् ।

अब यो फिल्ममा एक अर्का जल्दाबल्दा अभिनेताले इन्ट्री गरेका छन् । विहिबारले सौगात मल्लले उक्त फिल्म साइन गरेका हुन् । फिल्मको मुख्य कथा उनकै वरिपरि घुम्ने बताइएको छ । अब फिल्ममा सौगात, पूजा र आकाश फाइनल भएका छन् ।

पूजाले को-सँग जोडी बाँधेछिन् ? त्यो निर्माण पक्षले खुलाएको छैन । फिल्ममा सौगातको अपोजिट सृष्टि श्रेष्ठ हुन् सक्ने बताएको छ । यो अफस्क्रिन जोडी भएमा सम्भवत: पूजा र आकाशकै जोडी तेस्रो पटक पर्दामा हेर्न पाइनेछ । यो जोडीको दोस्रो फिल्म ‘सम्हालिन्छ कहिले मन’ छायाँकनको अन्तिम चरणमा छ ।

यदि यस्तो भएमा सौगातको वरिपरि घुम्ने कथामा सृष्टि लिड हिरोइन बन्न सक्छिन । भने, पूजा र आकाश सहायक पात्रमा स्वत: हुनेछन् ।

स्मरण रहोस पूजाले फिल्म ‘मधुमास’ पश्चात कुनै पनि फिल्ममा सहायक भूमिका निर्वाह गरेकी छैनन् । त्यस्तै ‘म त तिम्रै हुँ’बाट डेब्यु गरेका आकाश पनि सहायक भूमिकामा अहिलेसम्म प्रस्तुत भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्