‘कप्स’को आइटम नम्बरमा रियाले लगाइन ठुम्का



रंगखबर, काठमाडौँ – अनुपबिक्रम शाही स्टारर फिल्म ‘कप्स – सत्य सेवा सुरक्षम’को आइटम नम्बर सार्वजनिक गरिएको छ । ‘सुन्दरी देख्दा आँखा संकियो’ बोलको गीतमा रिया प्रधानले कामुक नृत्य पस्केकी छन् ।

खलपात्रहरुको खुसि सेलेब्रेसनको माहोल खिचिएको गीतमा अनुपबिक्रम पनि देखा परेका छन् । कविराज गहतराजले कोरियोग्राफी भरेको गीतमा उनि निगरानीका लागि पुगेका छन् ।

सुरेन्द्र राणाको शब्द सृजना, स्वयम्भुराज शाक्यको संगीत रहेको गीतमा मीना निरौला र संगीत स्वयम्ले स्वर दिएका छन् ।

सम्राट सापकोटाको कथा, पटकथा र निर्देशन रहेको फिल्ममा अनुपबिक्रमसँगै संदिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, अनुपमा भण्डारी, नीरुता स्यन्ग्तन, सुन्दर श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।

राम शाक्यले निर्माण गरेको फिल्म जेठ १७ गते अलनेपाल रिलिज हुँदैछ । फिल्मलाई आर्या मुभिज र सारा सिरिज मुभिजको व्यानरमा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्