रेनषा र प्रज्ज्वलको इन्गेजमेन्ट, बैशाख अन्तिम तिर विहे



रंगखबर, काठमाडौँ – पछिल्लो समय नेपाली फिल्मवृतमा चर्चित फिल्मकर्मीको विवाहको लहड नै छाएको छ । गत वर्ष अभिनेत्री वर्षा राउत र अभिनेता सन्जोग कोइराला विवाह बन्धनमा बाँधिए । अहिले यो जोडी सुहागरात मनाउन विदेश हानिएको छ ।

त्यस्तै केहि दिन अगाडी मात्र फिल्म ‘छक्का पन्जा २’का हिरो स्वरुपपुरुष ढकालले बैशाख २९ को लगन हेर्दै मुस्कान सुवेदीसँग इन्गेजमेन्ट गरे ।

आइतबार पुन: फिल्म क्षेत्रका चर्चित दुई व्यक्ति विवाहका लागि तयार भएका छन् । सफल कोरियोग्राफर हुँदै ‘इन्टु मिन्टू लण्डनमा’ निर्देशन गरेकी रेनषा वान्तवा राईले प्रेमी प्रज्जवल शम्सेर जबरासँग इन्गेजमेन्ट गरेकी छन् ।

प्रज्जवल चर्चित व्यानर आइकोर फिल्म्सका मालिक हुन् । दशक अगाडी प्रज्ज्वलकै फिल्म ‘मेरो एउटा साथी छ’बाट रेनषाले कोरियोग्राफीमा डेब्यु गरेकी थिइन् । यहिँ व्यानरको ‘इन्टु मिन्टू लण्डनमा’बाट निर्देशनमा पनि डेब्यु गरेकी रेनषाले विवाह लगतै ‘आइ एम ट्वान्टी वान’ निर्देशक गर्नेछिन् । यो दुईको विवाह बैशाख २४ मा छिनिएको छ ।

प्रज्ज्वलले यहिँ वर्ष ‘मेरो एउटा साथि छ’को सिक्वेल पनि निर्माण गर्दैछन् । जसको निर्देशनको जिम्मा दिनेश राउतलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्