वीर बिक्रम २ ट्रेलर: पल र नाजिरको मित्रतामा वर्षा वाधक ?



रंगखबर, काठमाडौँ – जेठ ३ गते रिलिज हुने फिल्म ‘वीर बिक्रम २’को  ट्रेलर रिलिज गरिएको छ । पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्दि तमाङ अभिनित फिल्मको ट्रेलर कमर्सियल छ ।

मित्रता र प्रेम बीचको द्वन्दलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । दुई वर्ष अगाडी रिलिज ‘वीर बिक्रम’ बक्सअफिसमा सफल भएका कारण यसले पनि राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

विशेषत लगातार असफल फिल्म दिइरहेको नाजिर र वर्षाको लागि फिल्म सफल हुन् आवश्यक छ । फिल्ममा देशभक्त खनाल, बिनिशा भण्डारी, बिनोद सुवेदी खत्री, सुर्यांश खड्का, मनिष लिम्बुलगायतका कलाकारको अभिनय छ ।

अर्पण सापकोटा कार्यकारी निर्माता रहेको फिल्ममा रन्जिता सिवाकोटीको सह-लगानी छ ।

प्रतिक्रिया दिनुहोस्