अनुपबिक्रमको ‘कप्स’ ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – अनुपबिक्रम शाही स्टारर फिल्म ‘कप्स’को ट्रेलर रिलिज गरिएको छ । जेठ १७ गते रिलिज हुने फिल्ममा उनि डिएसपी अमन सिंहको भूमिकामा देखा परेका छन् ।

यस कप्स ड्रामालाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । एक्सन फोकस्ड ट्रेलरमा अनुपबिक्रमलाई थुप्रै स्पेस दिइएको छ । भने, अभिनेत्री संदिपा लिम्बु केहि दृश्यमा मात्र अटाएकी छन् ।

फिल्ममा मित गिरी, रामराज क्षेत्री, अनुपमा भण्डारी, नीरुता स्यन्ग्तन, सुन्दर श्रेष्ठलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

राम शाक्यले लगानी गरेको फिल्मलाई आर्या मुभिज र सारा सिरिज मुभिजको व्यानरमा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्