आँचलको अभिव्यक्ति ‘आँखैले देखेको छु, २ लाख लिएर १५ लाखको डंका फुकेको’



रंगखबर, काठमाडौँ – अभिनेत्री आँचल शर्मा मनमा जे कुरा खेल्छ, त्यसलाई धक नमानी मिडियामा बोलिदिन्छिन । कतिले उनको यो व्यवहार मन पराउछन । भने, कति विपक्षमा उत्रिन्छन ।

अहिले फिल्म ‘दाल भात तरकारी’को प्रमोसनमा जोडतोडले लागिपरेकी यी सुन्दरी अभिनेत्रीले कलाकारको पारिश्रमिकको कुरामा कडा अभिव्यक्ति दिएकी छन् । ‘भित्र लिने २-३ लाख, अनि बाहिर डंका फुक्ने १०-१५ लाख’ उनले बोलेको यो संवादले विशेषत: अभिनेत्री पूजा शर्मालाई प्रहार गर्छ ।

उसै पनि आँचल र पूजाको व्यक्तिगत सम्बन्ध राम्रो छैन । ठुला व्यानरको प्रतिनिधित्व गरि फिल्म खेल्ने यी दुई अभिनेत्रीको छुट्टै क्रेज छ । त्यसैले पनि पाएको खण्डमा यी दुई एक-अर्काको धज्जी उडाउन बेर लगाउदैनन । अभिव्यक्तिमा आँचलले पूजाको नाम लिएकी छैनन् । तर, यो प्रहार पूजाकै लागि हो भनेर जो कोहिले अनुमान गर्न सक्छन ।

‘कतिपय ठाउँमा मेरो आँखाले के देखेको छ भने, भित्र डिलिङ २-३ लाखमा हुन्छ । बाहिर हामि १०-१५ लाख खुलाउछौँ । ‘इन्टरटेन नेपाल’ नामक युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा आँचलले भनेकी छन् ‘अहिले होडबाजी चलिराको छ । त्यसले २० लाख लियो, ए दिँदा रहेछन त । म ३० लाख भन्छु ।’

‘यदि दिएन भने, किरण अङ्कल २ लाख ल्याछु । बाहिर १० लाख लेखौँ । मिडियालाई बोलाएर फोटो खिचौँ । मैले यस्तो कुरा आँखैले देखको छु । सकिन्छ नि, यो त सजिलो कुरा हो । तर, हामीले यो गरेका छैनौँ र गर्ने पनि छैनौँ ।’ उनले ‘दाल भात तरकारी’ टिमको उदाहरण दिँदै अगाडी बोलेकी छन् । आँचलको यो अभिव्यक्तिमा निर्माता/कलाकार किरण केसीले थपडी पनि मारेका छन् ।

पूजाले केहि साता अगाडी मात्र फिल्म ‘पोइ पर्यो काले’ २० लाखमा साइन गरेको भनि निर्माण पक्षले सुचना छोडेको थियो । यसअगाडी ‘सम्हालिन्छ कहिले मन’ १५ लाखमा गरेकी थिइन् । तर, फिल्मको नतिजा नआउँदै अर्को फिल्मको लागि पूजाले २० लाखमा साइन गर्दा मिडिया तातेको थियो । किनकी, कुनै पनि कलाकारको फिल्म हिट भएपछि मात्र अर्को फिल्ममा पारिश्रमिक बढ्ने सम्भावना हुन्छ ।

आँचलको ‘दाल भात तरकारी’ बैशाख २० बाट अलनेपाल रिलिज हुँदैछ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, नीरुता सिंह, पुष्प खड्कालगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्