‘प्रेम दिवस’ ट्रेलर: दोहोरो प्रेममा प्रियंका



रंगखबर, काठमाडौँ – प्रियंका कार्की र आयुषमान देशराज जोशी अभिनित फिल्म ‘प्रेम दिवस’को ट्रेलर रिलिज भएको छ । त्रिकोणात्मक प्रेमकथामा प्रियंकालाई आयुषमान र बिशाल खरेलको प्रेममा देख्न सकिन्छ ।

२ मिनेट २२ सेकेण्ड लामो ट्रेलरमा केहि राम्रा संवाद पनि पस्किएको छ । जसले गर्दा फिल्मसँग केहि अपेक्षा राख्न सकिन्छ । प्रियंका र आयुषमानको रियल जोडी क्यामराको फ्रेममा पनि पर्फेक्ट देखिएको छ । पूर्वी ल्याण्डस्केपमा खिचिएको ट्रेलरमा ब्याकग्राउण्ड म्युजिक पनि सुहाएको छ । आयुषमान नयाँ लूक्समा फिट छन् ।

योगेश घिमिरेले निर्देशन गरेको फिल्ममा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, संजय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारको अभिनय छ । जेठ ३१ गते रिलिज हुने फिल्ममा प्रदीप भारद्वाजको लेखन महाराज थापा/महेश खड्का/दीपक शर्मा/करणराज कार्कीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, बनिष शाह/मिलन श्रेष्ठको सम्पादन र मानकृष्ण महर्जनको छायाँकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्