पुजा बेहुली, सौगात र आकाश बेहुला !



रंगखबर, काठमाडौँ – २८ दिन मै फिल्म ‘पोइ पर्यो काले’को छायाँकन सकिएको छ । एक गीतको छायाँकन थाती राख्दै निर्माण टिमले फिल्मको छायाँकन सकिएको घोषणा गरेको हो ।

शिशिर राणा निर्देशित फिल्मको सेटबाट केहि तस्विर पनि सार्वजनिक भएका छन् । जहाँ फिल्मका मुख्य कलाकार सौगात मल्ल, पूजा शर्मा र आकाश श्रेष्ठलाई विवाहको पहिरणमा देख्न सकिन्छ । फोटोसुटमा खिचिएका फोटोले दर्शकमा कौतुहलता जगाउँछन् । फिल्ममा पूजाको पोइ को भन्ने प्रश्न छोडिएको छ । निर्देशक राणाले त्यसको उत्तर पाउन कार्तिक ८ गते हलसम्मै पुग्नुपर्ने बताएका छन् ।

फिल्ममा सृष्टि श्रेष्ठ, सुरक्षा पन्त र सोहित मानन्धर, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामा, गोपाल ढकाल (छन्दे)को पनि अभिनय छ । रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । फिल्ममा दिपक मनाङ्गे र अ.देवी राईले लगानी गरेका छन् । भने, कार्यकारी निर्मातामा किरण नेपाली र रघु परियार छन् ।

सुवास भुसाल/ पुरुषोत्तम न्यौपानेको संगीत रहेको फिल्ममा शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन र कविराज गहतराज/रामजी लामिछाने/रविन शाहको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्