फाइनल: देउजाको ‘झिङ्गेदाउ’मा केकी अधिकारी



रंगखबर, काठमाडौँ – पुराना निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्म ‘झिङ्गेदाउ’मा अभिनेत्री केकी अधिकारीको इन्ट्री भएको छ । केकी फिल्ममा अनुबन्धित भएको निर्देशक देउजाले खुलाएका छन् ।

साहित्यकार भीमनिधि तिवारीको चर्चित अख्यान ‘झिङ्गेदाउ’ आधारित हुने फिल्ममा केकी र मुकुन भुसालले जोडी बाध्नेछन् । ‘बुलबुल’बाट सानदार डेब्यु गरेका मुकुन फिल्मले यसअघि नै फाइनल भैसकेका थिए ।

फिल्ममा अन्य ३ कलाकार पनि फाइनल भैसकेको बताइएको छ । तर, प्रेसमिट मार्फत मात्रै अन्य टिम सार्वजनिक गरिने निर्देशक देउजाले खुलाएका छन् ।

भदौदेखि छायाँकनमा जाने फिल्मलाई सिन्धुली, खोटाङ, दोलखा र काठमाडौँमा खिचिनेछ । कपन गढी सिनेमा प्रालिको व्यानरमा बन्ने फिल्ममा संगीतकारको रुपमा अर्जुन पोखरेल र पटकथा/संवाद लेखकको भूमिका प्रदीप भारद्वाज रहनेछन ।

फोटो: केकी अधिकारीको फेसबुक अकाउन्टबाट 

प्रतिक्रिया दिनुहोस्