०७४ राष्ट्रिय चलचित्र पुरस्कार: पुष्प, वेनिषा र ‘ब्लाइन्ड रक्स’ उत्कृष्ट



रंगखबर, काठमाडौँ – असार २७ गते वितरण गरिएको राष्टिय चलचित्र पुरस्कार २०७४ मा उत्कृष्ट फिल्मको अवार्ड ‘ब्लाइन्ड रक्स’ले जितेको छ । यहिँ फिल्मबाट मिलन चाम्लिङ राईले उत्कृष्ट निर्देशक अवार्ड पनि उचाले ।

राष्ट्रपति भवन शितल निवासमा आयोजना गरिएको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ०७३, ०७४ र ०७५ को अवार्ड वितरण गरेकी थिइन् । सर्वाधिक तीन विधामा अवार्ड जितेको ‘ब्लाइन्ड रक्स’ले उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि जित्यो । यस विधामा अभिनेत्री वेनिशा हमालले अवार्ड उचालिन ।

त्यस्तै उत्कृष्ट अभिनेताको अवार्ड फिल्म ‘मङ्गलम’बाट पुष्प खड्काको पोल्टामा पर्यो । १० विधा निर्धारण गरिएको अवार्डमा उत्कृष्ट लेखनमा ‘धनपति’बाट खगेन्द्र लामिछाने उत्कृष्ट ठहरिए । भने, उत्कृष्ट सम्पादनमा ‘मङ्गलम’बाट मित्रदेव गुरुङले अवार्ड जिते ।

पुरुषोत्तम प्रधानले फिल्म ‘कृ’बाट उत्कृष्ट छायाँकारको अवार्ड जित्दा उत्कृष्ट सिनेमा, (आदिवासी, जनजाति विभिन्न मातृभाषी) तर्फ ‘टिन्छेन फामा’ (शेर्पा भाषा) उत्कृष्ट ठहरियो ।

फिल्म ‘मङ्गलम’बाट ‘उल्लेखनिय अभिनय राष्ट्रिय चलचित्र पुरस्कार’ महिला तर्फको अवार्ड जित्दै मिथिला शर्माले सर्वाधिक विधामा अवार्ड जितेको ‘ब्लाइन्ड रक्स’सँग ‘मङ्गलम’लाई बराबरी अंकमा उभ्याइन। भने, ‘उल्लेखनिय अभिनय राष्ट्रिय चलचित्र पुरस्कार’ पुरुष तर्फको अवार्ड फिल्म ‘शत्रुगते’बाट रमेश रञ्जन झाले जिते ।

त्यस्तै दिर्घ सामना सम्मान २०७४ किशोर राना मगरलाई प्रदान गरियो ।

राष्ट्रिय चलचित्र पुरस्कार २०७४ – विजेताको सुची

१.उत्कृष्ट सम्पादन : मंगलम, मित्रदेव गुरुङ
२.उत्कृष्ट छायाँकन : कृ, पुरुषोत्तम प्रधान
३.उत्कृष्ट लेखन (कथा/पटकथा, संवाद) : धनपति, खगेन्द्र लामिछाने
४.उत्कृष्ट अभिनेत्री : ब्लाइन्ड रक्स, बेनिशा हमाल
५.उत्कृष्ट अभिनेता : मंगलम, पुष्प बहादुर खड्का
६.उत्कृष्ट निर्देशक : ब्लाइन्ड रक्स, मिलन चाम्लिंग राई
७.उत्कृष्ट सिनेमा : ब्लाइन्ड रक्स, चाम्स ईन्टरटेनमेन्ट प्रा.लि.
८.उत्कृष्ट सिनेमा, (आदिवासी, जनजाति विभिन्न मातृभाषी) : टिन्छेन फामा (शेर्पा भाषा)
९.उल्लेखनिय अभिनय राष्ट्रिय चलचित्र पुरस्कार, महिला : मिथिला शर्मा
१०.उल्लेखनिय अभिनय राष्ट्रिय चलचित्र पुरस्कार, पुरुष : शत्रुगते, रमेश रञ्जन झा
२०७४ दीर्घ साधना सम्मान किशोर राना मगर

यो पनि पढ्नुस:-

०७३ राष्ट्रिय पुरस्कार: विपिन, सिर्जना र ‘सेतो सुर्य’ उत्कृष्ट

०७५ राष्ट्रिय पुरस्कार: विपिन, स्वस्तिमासहित ‘बुलबुल’ उत्कृष्ट

प्रतिक्रिया दिनुहोस्