साउन १७ मा केकी र ऋचा आमने-सामने



रंगखबर, काठमाडौँ – अघिल्ला वर्षको तुलनामा यो वर्ष कम फिल्म रिलिज हुने संकेत देखा परेको थियो । सालको पहिलो त्रैमासिकलाई हेर्दा तुलनात्मक रुपमा गत वर्ष भन्दा ४० प्रतिशतले फिल्म रिलिजमा कमि आएको छ ।

तर, दोस्रो त्रैमासिक गत सालको तुलनामा कमजोर देखिएको छैन । साउनदेखि असोजसम्मको अवधिमा वर्षकै प्रतिक्षित फिल्मको बक्सअफिस भिडन्त हुँदैछ । र, यो तीन महिनामा सम्भवत: कुनै पनि साता नेपाली फिल्म बिनाको हुने छैन ।

असोज ३ को ‘लभ डायरिज’ भर्सेस ‘कबड्डी कबड्डी कबड्डी’, दशैँको ‘रातो टिका निधारमा’ भर्सेस ‘छ माया छपकै’ अगाडी एउटा रोचक अघोषित भिडन्त हुँदैछ ।

यो भिडन्त यस मानेमा रोचक हुँदैछ की, फिल्मका दुवै लिड अभिनेत्री एकदमै मिल्ने साथि हुन् । साउन १७ गतेको मितिमा केकी अधिकारी अभिनित ‘रातो गलबन्दी’ र ऋचा  शर्मा अभिनित ‘न यता न उता’ रिलिज हुँदैछन ।

दुवै फिल्मको इनिसियल व्यापारमा निर्भर हुने छैनन्  । तर, पनि बौद्धिक छवि बनाएका दुई अभिनेत्रीको भिडन्त हेर्न रोचक हुनेछ । ‘रातो गलबन्दी’को प्रचार-प्रसार कमजोर छ । भने, ‘न यता न उता’ले जेनतेन दर्शक माँझ परिचय बनाउने काम गरिरहेको छ ।

‘रातो गलबन्दी’ लभस्टोरी फिल्म हो । भने, ‘न यता न उता’ कमेडी । दुवै नेपालमा बिकाउ जनरा हुन् । स्टारकास्टको कुरा गर्दा ‘न यता न उता’ भरिपूर्ण छ । तर, ट्रेलरमा स्टार कलाकारको खासै चमक देखिएको छैन । उता ‘रातो गलबन्दी’मा केकीको अपोजिट कोशिस क्षेत्रीले अभिनय गरेका छन् ।

केकी र ऋचाले पछिल्लो पटक ‘कोहलपुर एक्सप्रेस’मा स्क्रिन शेयर गरेका थिए । उक्त फिल्मबाट दर्शकको मन जितेका दुवैको यो आमने-सामने कस्तो होला ?

प्रतिक्रिया दिनुहोस्