साम्राज्ञीको एक आँखामा पुष्प, दोस्रोमा को ?



रंगखबर, काठमाडौँ – भदौ १३ गते रिलिज हुने फिल्म ‘मारुनी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एक पोस्टरमा साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का प्रस्तुत गरिएको छ । भने, दोस्रोमा डेब्यु अभिनेत्री रेविका गुरुङ पनि अटाएकी छन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित भनिएको फिल्ममा अहिलेसम्म साम्राज्ञी र पुष्पको मात्र पेयरिङ देखाइएको छ । पुष्प र साम्राज्ञी प्रस्तुत नयाँ पोस्टरले साम्राज्ञी नै कथाको मुख्य मेरुदण्ड संकेत गर्छ । उनको एक आँखा पुष्प बनेका छन् । भने, दोस्रो आँखामा को हुनेछ भन्ने खुलाइएको छैन ।

नवल नेपाल निर्देशित फिल्मको पोस्टरले दर्शकमा कौतुहलता जगाउँछ । फिल्ममा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको अभिनय छ ।

पुनम इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मलाई पुनम गौतमले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्