पत्रकारको रोलमा कर्मा, ‘षट्कोण’ निर्माण घोषणा



रंगखबर, काठमाडौँ – अभिनेता कर्मा शाक्य र भोलाराज सापकोटाको मुख्य भूमिका रहने फिल्म ‘षट्कोण’को औपचारिक घोषणा गरिएको छ । आइतबार राजधानीको घोषणा कार्यक्रममा ‘षट्कोण’ युनिटको परिचय गराइयो ।

भदौ १८ देखि छायाँकनमा जाने फिल्मलाई मिलन डी काप्रीले निर्देशन गर्नेछन । फिल्म मनोवैज्ञानिक रहस्यमा आधारित हुने निर्देशक काप्रीले जानकारी दिए । फिल्ममा अभिनेता कर्माले पत्रकारको भूमिका निर्वाह गर्दैछन् । जसको काम एक मर्डर अनुसन्धान गर्ने हुन्छ ।

फिल्ममा लोकेन्द्र लेखक, विराज कडरिया, शिशिर वनेम पनि कलाकारको रुपमा फाइनल भैसकेका छन् । मात्र, अभिनेत्रीको टुंगो लाग्न बाँकी रहेको टिमले बतायो । शिशिर वनेमको कथा तथा पटकथा रहेको फिल्ममा महेश दवाडीको संवाद छ ।

भीमफेदी र काठमाडौँमा छायाँकन हुने फिल्मलाई क्लेमेन्टाइन प्रोडक्सन प्रा.लि.ले निर्माण गर्नेछ । आङछेन लामाले खिच्ने फिल्ममा विशेष पाण्डेको ध्वनि र अशेष लुइँटेलको मुख्य सहायक निर्देशन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्