‘कबड्डी ३’ प्रमोसनल गीतमा कालीप्रसाद र अनुपमको र्याप ब्याटल



रंगखबर, काठमाडौँ – रामबाबु गरुङ निर्देशित ‘कबड्डी कबड्डी कबड्डी’को प्रमोसनल गीत सार्वजनिक गरिएको छ । कालीप्रसाद बाँस्कोटाद्वारा संगीतवद्द गीतमा उनिसँगै अभिनेता अनुपम शर्मा फिचरिङ छन् ।

र्याप ब्याटल शैलीमा निर्माण गरिएको गीत रमाइलो बनेको छ । कालीप्रसादकै कन्सेप्टमा तयार गरिएको गीतमा फिल्मका केहि चल दृश्य पनि समावेश गरिएका छन् । बिजु कर्माचार्यले निर्देशन गरेको भिडियोले फिल्मको हाइप निर्माणमा भूमिका खल्ने आशा गरिएको छ ।

असोज ३ गते रिलिज हुने फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङलगायतका कलाकारको अभिनय छ ।

माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन् । फिल्मको सह-लगानीकर्ताको रुपमा रुदेन सदा लेप्चा छन् ।

प्रतिक्रिया दिनुहोस्