प्रदर्शन मितिसहित ‘छ माया छपक्कै’ गीत रिलिज



रंगखबर, काठमाडौँ – असोज २४ लाई डेट तोक्दै फिल्म ‘छ माया छपक्कै’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘जुनको जुनेली’ बोलको गीतको गीतमा केकी अधिकारी, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्दि तामाङ, सुपुष्पा भट्ट, रजनी गुरुङलगायतका कलाकार फिचरिङ छन् ।

गीतमा दीपक-केकी, जितु-सुपुष्पा र बुद्दि-रजनीको जोडी बाँधिएको छ । धान रोपाइँबाट सुरु हुने गीत दशैँहुँदै तिहारको रमझममा पुगेर सकिन्छ । कविराज गहतराजले कोरियोग्राफी भरेको गीतले दशैँ र तिहारलाई लक्षित गर्छ ।

बसन्त थापाले संगीत दिएको गीतमा उनिसँगै मीना निरौलाले स्वर दिएकी छन् । भने, शब्द सिर्जना राजेन्द्र थापाको छ ।

असोज २४ मा आउँदा फिल्मले यो वर्षको दशैँ विदा गर्नेछ । कोजाग्रत पुर्णिमा र अघिल्लो दुई दिनको दशैँ मात्रै ‘छ माया छपक्कै’को हिस्सामा परेको छ । यस पटक दशैँको सुरुवातमा ‘रातो टिका निधारमा’ रिलिज हुँदैछ ।

रोहित अधिकारीको लगानी रहेको फिल्मलाई दीपक-दीपाले प्रस्तुत गरेका हुन् । फिल्मका कार्यकारी निर्माता जितु नेपाल र केदार घिमिरे हुन् ।

प्रतिक्रिया दिनुहोस्