पल र पूजाको ‘म यस्तो गीत गाउँछु’ छायाँकन सुरु



रंगखबर, काठमाडौँ – पल शाह र पूजा शर्माको मुख्य भूमिका रहने फिल्म ‘म यस्तो गीत गाउँछु २’को सोमबारदेखि छायाँकन सुरु भएको छ । घोषणाको करिब २ वर्ष पछि छायाँकनमा उत्रिएको फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् ।

२ वर्ष अगाडी रिलिज भएको ‘म यस्तो गीत गाउँछु’ बक्सअफिसमा सुपरहिट भए पछि निर्देशक थापाले यसको सिक्वेल घोषणा गरेका थिए । तर, यो भन्दा अगाडी ‘रामकहानी’ र ‘सम्हालिन्छ कहिले मन’ निर्माण गरे । ‘रामकहानी’ रिलिज भैसकेको छ । भने, ‘सम्हालिन्छ कहिले मन’ पोस्ट-प्रोडक्सनमा छ ।

बुढानिलकण्ठको मिराकी वेलनेस रिसोर्ट छायाँकन सुरु भएको ‘म यस्तो गीत गाउँछु २’लाई राजधानीसँगै इलाममा पनि खिचिनेछ । सौरभ लामाले खिच्ने फिल्मलाई फागुन २३ रिलिजको लागि घोषणा गरिएको छ ।

‘म यस्तो गीत गाउँछु’मा सुपरहिट गीत दिएका अर्जुन पोखरेलले फिल्ममा संगीत भर्नेछन् । उनका अनुसार ५ गीत फिल्ममा समावेश गरिनेछ । फिल्ममा निर्देशक थापाको कथा, शिवम अधिकारी र दिनेश न्यौपानेको पटकथा छ । शिवमले नै फिल्मको लागि संवाद लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्