‘कबड्डी ३’लाई वर्षकै ठुलो ओपनिङ, कमायो यति करोड !



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले बक्सअफिसमा बम्पर सुरुवात गरेको छ ।

फिल्मले पहिलो दिन झन्डै डेढ करोड आसपासमा कलेक्सन गर्यो । वितरक कम्पनि स्टेशन ५ ले दिएको जानकारी अनुसार पहिलो दिनको कलेक्सन १ करोड ४७ लाख छ । यो वर्ष रिलिज भएका फिल्म मध्ये यो नै सर्वाधिक ठुलो ओपनिङ हो ।

फिल्मलाई दर्शकले राम्रो भनेका छन् । त्यसैले मल्टीप्लेक्स तर्फ शनिबारको लागि शो बढाइएको छ । सुरुवातमा ११२ शो पाएको फिल्मलाई शनिबारको लागि १ सय ३० शोज छुट्याइएको छ । फिल्मले दोस्रो दिनमा १.७० करोड माथिको बक्सअफिस अंक छुने अनुमान ट्रेडले गरेका छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, कर्मा शाक्य, विजय बराल, बुद्दि तामाङ, रिश्मा गुरुङलगायतले मुख्य भूमिका निर्वाह गरका छन् ।

प्रतिक्रिया दिनुहोस्