होम प्रोडक्सन भन्दा अगाडी बाहिरको फिल्ममा अनमोल



रंगखबर, काठमाडौँ – अभिनेता अनमोल केसीले होम प्रोडक्सनको ‘एन्टी हिरो’ भन्दा अगाडी बाहिरी व्यानरको फिल्म गर्ने भएका छन् । साम्तेन भुटियाले निर्देशन गर्ने ‘धुपौरे’ साइन गरे पछि अनमोलको ‘एन्टी हिरो’को समय लम्बिएको हो ।

निर्माण पक्षले मंगलबार अनमोलसँगै फिल्मको शिर्षक लोगो पनि सार्वजनिक गरेको छ । डार्क एक्सन – लभस्टोरी जनरामा अनमोलको मुख्य भूमिका रहनेछ । भने, अभिनेत्रीको लागि नयाँ अनुहार खोजिदैछ ।

जेएस इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले लगानी गर्नेछन् । अन्य कास्ट एण्ड क्रु फाइनल भैनसकेको फिल्म मंसीरदेखि फ्लोरमा जानेछ ।

‘एन्टी हिरो’मा अनमोल र भुवन केसी मात्र फाइनल भएका थिए । तर, कास्ट एण्ड क्रु छनोटमा लामो समय लाग्ने हुँदा अनमोलले ‘धुपौरे’मा काम गर्न लागेका हुन् । गत वर्षको अन्त्यमा रिलिज भएको ‘ए मेरो हजुर ३’को सफलता पश्चात अनमोलका कुनै फिल्म रिलिज भएका छैनन् ।

‘तान्द्रो’बाट परिचय बनाएका निर्देशक साम्तेन पछिल्लो समय व्यावसायिक फिल्म निर्माणमा सोझिएका छन् । उनि निर्देशित ‘च च हुई’ मंसीर ६ गते प्रदर्शनको लागि तयार छ । फिल्ममा आर्यन सिग्देल र मीरुना मगर लिडमा छन् ।

प्रतिक्रिया दिनुहोस्