पुष्पनको स्वरमा सन्नी र सुमीका ‘केहि आधा’ पलहरु…



रंगखबर, काठमाडौँ – कार्तिक २२ गते रिलिज हुने फिल्म ‘सरौतो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको शब्द, संगीत र स्वर रहेको ‘केहि आधा’मा फिल्मका मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंह फिचरिङ छन् ।

सुरिलो गीतले सुमी र सन्नीको प्रेम दर्साउछ । भावमा बग्ने गीतको भिडियो उत्तम हुमागाईंले खिचेका छन् । कथाको माग अनुसार गीतलाई मुस्ताङ, इलाम, लुम्बिनी र तराईको भूभागमा खिचिएको छ ।

फिल्मको ‘कुले दाई’ बोलको गीत सार्वजनिक भैसकेको छ । उक्त गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । छायाँकार हरि हुमागाईंले पहिलो पटक निर्देशन गरेको ‘सरौतो’मा राघव कृष्ण गौतमको कथा, पटकथा र संवाद छ ।

फिल्ममा सुमी र सन्नीका अलावा विजय लामा, युवराज लामा, आमिर गौतम, लियो ट्यांक, सम्पदा दाहाल, धिरेन शाक्य, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ ।

रिभेन्जको कथामा लक्ष्मीकुमारी तामाङको लगानी छ । भने, सह-लगानीकर्ताको रुपमा श्रीकृष्ण महर्जन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्