वर्षौ पछि राजेश र करिश्माको केमेस्ट्री म्युजिक भिडियोमा



रंगखबर, काठमाडौँ –  दृश्य ‘फिल्म ‘साथी’को ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइ देउन’ गीतको धुनबाट सुरु हुन्छ । राजेश ओठ टोक्दै भन्छन ‘यसरी हाम्रो भेट नभएको पनि धेरै समय भयो है । अनि अहिलेसम्म पनि बुढी भएकी छैनौँ, उस्तै छ चार्म ।’

करिश्मा लजाउदै ‘अनि आफु नि आफु’ । राजेशले मौका छोप्दै ‘सुनन अहिले त मैले अंग्रेजी पनि सिकिसके नि । करिश्माको जवाफ आउछ ‘के हो ?’ राजेश लजाउदै ‘भन्दिम … आई लभ यु…। अनि करिश्मा फेरि लजाउदै भन्छिन ‘छुच्चो मान्छे’

यो दृश्य राजेश हमाल र करिश्मा मानन्धरले अभिनय गरेको एक म्युजिक भिडियोको हो । लामो समय पश्चात दुवैले ‘चट्ट बसम देउरालीमा’ बोलको गीतमा अभिनय गरेका छन् । कुनै समय ठुलो पर्दाको हिट राजेश र करिश्मालाई निर्देशक तथा कोरियोग्राफर देवेन्द्र पाण्डेले पुन: सँगै ल्याएका छन् ।

भिडियोले राजेश र करिश्माको पुरानो केमेस्ट्रीलाई याद गराउछ । दीपक शर्माको शब्द, संगीत रहेको गीतमा मेलिना राई र भिम चापागाईंको स्वर छ ।

उत्सव दाहालले खिचेको गीतमा अच्युत बजगाईंको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ । यस म्युजिक भिडियोलाई ‘एट के एभरेस्ट मोसन पिक्चर्स’ले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्