महजोडीसँग प्रदीप र रविन्द्र सिंहको सहकार्य



रंगखबर, काठमाडौँ – बक्सअफिसमा लगातार तीन सुपरहिट फिल्म दिएका निर्देशक प्रदीप भट्टराईले नयाँ फिल्म घोषणा गरेका छन् । महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको मुख्य भूमिका रहने अनटाइटल प्रोजेक्टको रिलिज मिति पनि फिक्स गरिएको छ ।

२०७७ को दशैँ फिल्मको रिलिज डेट हो । कार्तिक ७ गते फूलपातीको दिन फिल्म रिलिज गर्ने भनेर निर्माण पक्षले घोषणा गरेको छ । कलाकार रविन्द्र सिंह बानियाँको लगानी रहने फिल्म तिहार पछाडी फ्लोरमा जानेछ ।

यस अनटाइटल प्रोजेक्टसँगै अर्को सालको दशैँ फिल्मको थुप्रो लागेको छ । निर्देशक अशोक शर्माको ‘अल्लारे २’ र निगम श्रेष्ठको ‘छड्के २’ले पनि यो मिति बूक गरिसकेका छन् । भने, तीन वटा ठुला व्यानरको फिल्म रिलिज हुने चर्चा छ ।

निर्देशक प्रदीपले ‘जात्रा’, ‘शत्रुगते’ ‘जात्रै जात्रा’ जस्ता सुपरहिट फिल्म बनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्