‘माछा माछा’ ट्रेलर: तीन गाउँले पात्रको शहर स्थापित हुने संघर्ष



रंगखबर, काठमाडौँ – तीन गाउँले युवाले शहरमा स्थापित हुन् गरेको संघर्षको कथामा निर्मित फिल्म ‘माछा माछा’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा मुख्य पात्र सौगात मल्ल, विजय बराल र अनोज पाण्डे हाइलाइट छन् ।

सुनिल गुरुङद्वारा लिखित तथा निर्देशित फिल्ममा माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतका कलाकारको अभिनय छ ।

रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेको फिल्म कार्तिक २९ गतेदेखि अलनेपाल रिलिज हुँदैछ । फिल्ममा शिवराम श्रेष्ठको छायाँकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ ।

सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले फिल्म निर्माणमा सहकार्य गरेको छ । मणिराम पोखरेलको कार्यकारी निर्माण रहेको फिल्ममा ओम चन्द रौनियार र अर्जुन कार्कीको सह-लगानी छ ।

सौगात स्टारर फिल्म ‘पोइ पर्यो काले’ शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । जहाँ पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त र सोहित मानन्धरलगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्