सातै प्रदेशमा सात कलाकारको ‘सप्तरंग २’



‘सप्तरंग’को सफलता पश्चात आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरंग २’ आयोजना गर्ने भएको छ । देशका सातै प्रदेशमा आयोजना हुने कार्यक्रमले पर्यटन प्रवर्धन र समुन्नतीलाई अगाडी सारेको छ ।

नेपाल सरकारको भिजिट नेपाल २०२० लाई टेवा पुर्याउनु कार्यक्रमको मूल उद्येश्य रहेको आयोजक संस्थाका अध्यक्ष गृहेन्द्र घिमिरेले जानकारी गराए । ‘राष्ट्रियताको कुनै मुल्य हुँदैन’ भन्ने नारा बोकेको कार्यक्रम सर्वसाधारणको लागी निशुल्क गरिएको छ ।

सात प्रदेशका लागी अभिनेता राजेश हमाल, हाँस्यकलाकार जितु नेपाल, गायिका मेलिना राई, गायक सुगम पोखरेल, हिमाल सागर, प्रकाश सपुत र रवि ओडले ‘सप्तरंग’को प्रतिनिधित्व गर्नेछन् ।

कार्तिक २० मा विर्तामोडबाट सुरु हुने ‘सप्तरंग’ मंसीर ४ गते पोखरा पुगेर सम्पन्न हुनेछ । यस्तै २२ गते विरगंज, २४ गते चितवन, २६ गते नेपालगंज, २८ गते सुर्खेत र ३० गते महेन्द्रनगरको सेड्युल तय गरिएको छ ।

कार्यक्रमको आधिकारिक प्रस्तोताको नरेश भट्टराई, विवेक खतिवडा र पूजन थापालाई छनोट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्