‘बुलबुल’ फेम्ड अभिनेता मुकुन ‘अन्तरे’मा फाइनल



रंगखबर, काठमाडौँ – डेब्यु फिल्म ‘बुलबुल’मा प्रभावशाली अभिनय पस्किएका अभिनेता मुकुन भुसाल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । सत्यराज चौलागाईंले निर्देशन गर्ने ‘अन्तरे’मा मुकुन शिर्ष भूमिकामा तय भएका हुन् ।

समय, टिम र स्क्रिप्टको सन्तुलनले ‘अन्तरे’ गर्न राजी भएको उनले बताएका छन् । उनले स्क्रिप्ट अनुसारको राम्रो फिल्म बन्ने आशा व्यक्त गरे ।

चरित्रप्रधान फिल्म भएकाले राम्रो अभिनय गर्ने अन्य कलाकार खोजी भैरहेको ‘अनुराग’ फेम्ड निर्देशकले बताए । केहि फिल्ममा सहायक निर्देशक बनेर काम गरेका सत्यराजको पहिलो निर्देशकीय ‘अनुराग’ बक्सअफिसमा फ्लप भएको थियो ।

रेड आइज फिल्मसको व्यानरमा निर्माण हुने फिल्ममा राज पण्डित र सुवास राईले लगानी गर्नेछन् । फागुन पहिलो साता फिल्म छायाँकन जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्