एक्सन लभस्टोरी ‘दि कर्मा’लाई पिजी



रंगखबर, काठमाडौँ – नीता ढुंगाना, परमिता आरएल राणा र बुद्धि तामाङ अभिनित फिल्म ‘दि कर्मा’ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट प्राप्त गरेको छ । अब १६ वर्ष मुनिका दर्शकले अभिभावकको निगरानीमा फिल्म हेर्नुपर्नेछ ।

निर्माता जयराज रोयले सेन्सर पदाधिकारीहरुले फिल्म मन पराएको दावी गरे । उनका अनुसार एक रगतसहितको दृश्य ‘ब्लोर’ गर्नुपर्ने सेन्सरको निर्देशन छ ।

नेपाल र भारत सिमानामा घट्ने घटनामा आधारित फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा सुशील पोखरेलको पटकथा र संवाद छ ।

एक्सन लभस्टोरी फिल्ममा नीता, परमिता र बुद्धिसँगै करण वर्मा, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारको अभिनय छ । फिल्म यहि माघ १७ देखि अलनेपाल रिलिज हुँदैछ ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्म नेपालसँगै विदेशमा पनि रिलिज हुनेछ । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छिन् ।

प्रतिक्रिया दिनुहोस्