अनमोलको ‘एन्टी हिरो’मा जसिता फाइनल



रंगखबर, काठमाडौँ – पाँच महिना अगाडी घोषणा गरिएको फिल्म ‘एन्टी हिरो’को लागि लिड अभिनेत्री फाइनल भएकी छन् । अभिनेता भुवन केसीले अभिनेत्रीमा जसिता गुरुङलाई फाइनल गरेका हुन् ।

फिल्ममा अभिनेता अनमोल केसी यसअघि नै तय भैसकेका थिए । अब पर्दामा पहिलो पटक अनमोल र जसिताको जोडी पक्का भएको छ । भने, भुवन पनि मुख्य भूमिका रहनेछ । भुवन फिल्मका निर्मातासमेत हुन् ।

सुपर काजल फिल्मसको व्यानरमा निर्माण हुने फिल्मलाई भारतीय निर्देशकले निर्देशन गर्ने बताइएको छ । तर, उनको बारेमा कुनै खबर बाहिरिएको छैन । सम्भवत: घोषणा समारोहमा निर्देशक सार्वजनिक हुनेछन ।

फिल्मको छायांकन बैशाख १ गतेबाट सुरु हुनेछ ।

अनमोल अहिले झरना थापाको ‘ए मेरो हजुर ४’को तयारीमा व्यस्त छन् । फिल्ममा अनमोल र सुहानाको जोडी दोस्रो पटक बाँधिदैछ ।

प्रतिक्रिया दिनुहोस्