दीपेन्द्रको ‘२ नम्बरी’मा दयाहाङ, पल र वर्षा



रंगखबर, काठमाडौँ – निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म घोषणा गरेका छन । छ माया छपक्कै  सफलताको झन्डै चार महिना पश्चात लामाले नयाँ फिल्म निर्देशनमा हात अगाडी बढाएका हुन् ।

सोमबार राजधानीमा एक प्रेसमिटका बीच लामाको चौथों निर्देशकीय फिल्म २ नम्बरी  घोषणा गरियो । मित्रताको कथामा बन्ने फिल्ममा दयाहाङ राई, वर्षा राउत, पल शाह, बुद्दि तामाङ, जयनन्द लामालगायतको अभिनय रहनेछ ।

फिल्मको बारेमा बोल्दै दयाहाङले दीपेन्द्र लामासँगको दोस्रो सहकार्यले खुसि बनाएको बताए । ‘निर्माण पक्षले कथाबस्तु र भूमिकाको बारेमा नबोल्न भन्नु भएको छ । दीपेन्द्र, बुद्दि र वर्षासँग यसअघि काम गरिसकेको छु । पलसँगको सहकार्यले खुसि थपेको छ । युवा कलाकारसँग काम गर्न सधै उत्साहित हुन्छु । हामीले भूमिकामा सतप्रतिशत दिने कोशिस गर्नेछौँ ।’ दयाले भने ।

यस्तै डेब्यु फिल्म नाइँ नभन्नु ल ४  पछाडी दोस्रो पटक वर्षासँग स्क्रिन शेयर गर्न लागेका पलले टिमलाई लिएर खुसि व्यक्त गरे । ‘वर्षासँग झन्डै ४-५ वर्ष पछि पर्दामा देखिन पाउँदा खुसि लागेको छ । म्युजिक भिडियोमा देखिँदा जहिले पनि तपाई दुई जनाको फिल्म कहिले आउँछ भनेर सोध्नु हुन्थ्यो । अन्तत: दीपेन्द्र दाईले वर्षासँगको दोस्रो सहकार्य जुराई दिनु भएको छ ।’

उनले अगाडी भने ‘दयाहाङ दाईसँग पहिलो पटक काम गर्न पाउँदा अझ धेरै खुसि छु । उहाँसँग धेरै कुरा सिक्न पाउने अपेक्षा बोकेको छ । यस्तै बुद्दिसँग वीर विक्रम २मा काम गरेको नाताले यसमा घुल्न सजिलो हुनेछ ।’

ब्लकबस्टर जात्रै जात्रा  पछाडी पहिलो फिल्म साइन गरेकी वर्षाले राम्रो टिमबाट राम्रो काम निक्लिने आशा व्यक्त गरिन । ‘सबैसँग यसभन्दा अगाडी काम गरेकाले यसमा सहज त पक्कै पनि हुनेछ । तर, पनि टिमबाट केहि सिक्ने मौका मिल्नेछ भन्ने आशा बोकेकी छु । जनैपुर्णिमामा फिल्म लिएर आउनेछौँ ।

किरण नेपालीको प्रस्तुति रहने फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र निर्देशक लामाको कथा रहनेछ । माघ २५ देखि फ्लोरमा जाने फिल्मलाई आगामी वर्षको जनैपुर्णिमामा रिलिज गरिनेछ ।

रेड बर्ड प्रोडक्सन र आरआर फिल्मसको व्यानरमा निर्माण हुने फिल्ममा रोहित कट्टेल र सरोज नेपाली निर्माता छन् । भने, सह-निर्मातामा अमलादेवी राई छिन् ।

प्रतिक्रिया दिनुहोस्