‘सेन्टी भाइरस’ ट्रेलरमा धुर्मुस-सुन्तलीको राजनीतिक प्रतिष्पर्धा



रंगखबर, काठमाडौँ – सामाजिक अभियन्ता  धुर्मुस-सुन्तलीले निर्माण गरेको फिल्म सेन्टी भाइरसको ट्रेलर रिलिज गरिएको छ । रामबाबु गुरुङ निर्देशित फिल्मको ट्रेलरमा राजनीतिले परिवारमा पार्ने प्रभावलाई देखाइएको छ ।

मुख्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) पति-पत्नीको भूमिकामा देखिएका छन् । तर, दुई फरक पार्टीको आस्था राख्दा परिवारमा देखिने उल्झन र दुई बीचको प्रतिष्पर्धा ट्रेलरमा समेटिएको छ ।

कुमार कट्टेल र दीपक आचार्यले लेखेको फिल्मको ट्रेलरमा कमेडी र इमोसनको समिश्रण देख्न सकिन्छ । फिल्ममा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्दी तामाङ, सन्दीप क्षेत्रीलगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्मित फिल्ममा डिन्डू लामा ह्याल्मोले लगानी गरेका छन् । भने, फुर्पा ह्याल्मोको सहलगानी छ ।

फागुन ९ गते रिलिज हुने फिल्ममा राजनराज सिवाकोटी/शंकर थापा/कालीप्रसाद बाँस्कोटा/सुशान्त गौतमको सयुंक्त संगीत, शैलेन्द्र ध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्