संचारकर्मी सन्ध्याको निर्देशनमा ‘प्यारो बाबा’ सार्वजनिक



रंगखबर, काठमाडौँ:- संचारकर्मी सन्ध्या थापा मगरले म्युजिक भिडियो निर्देशनमा हात अगाडी बढाएकी छन् । उनको निर्देशनमा बनेको म्युजिक भिडियो ‘प्यारो बाबा’ सार्वजनिक गरिएको छ ।

छोरी र बुबाको प्रेम दर्साउने भिडियो मार्मिक छ । आमा नहुँदा बुबाले कसरी सन्तानप्रतिको सम्पूर्ण जिम्मेवारी पुरा गर्छन भन्ने कुरा भिडियो मा देखाइएको छ ।

प्रकाश लामाको शब्द रचनामा तयार गीतमा कविता परियारको स्वर छ । भने, याकुव वाइबाले गीत एरेञ्ज गरेका छन् ।

सुरज खनालले खिचेको म्युजिक भिडियोमा सविन लामा, इल्ली गुरुङ, सविना ठकुरी र बिशिष्ठ शाहीले अभिनय गरेका छन् । भिडियो सम्पादन गरब योञ्जन (दीलिप)ले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्