सस्पेन्स-थ्रिलर ‘चपली हाइट ३’ टिजर आउट



रंगखबर, काठमाडौँ – अर्जुन कुमारले निर्माण गरेको फिल्म ‘चपली हाइट ३’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ४३ सेकेण्ड लामो टिजर थ्रिलर छ ।

टिजर हेर्दा फिल्म अपराधिक गतिबिधिमा निर्माण भएको अनुमान गर्न सकिन्छ ।

निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अर्पण थापा, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, आमिर गौतम, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारको अभिनय छ ।

चैत २८ गते रिलिज हुने फिल्ममा अष्ट महर्जनको एक्सन, सुभाष भुषाल/अर्जुन कुमारको संगीत, पुरुषोत्तम प्रधानको छायांकन र दिर्घ खड्काको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्