प्रमोदको घरमा लक्ष्मीको आगमन, हप्तासम्म खबर शेयर गर्न नपाउँदा लेखे भावुक स्टाटस



गायक प्रमोद खरेललाई पुत्रीलाभ भएको छ । पत्नी दीपा खरेलले जेठ २९ गते विहिबार विहान ८.५० बजे ललितपुरको अल्का अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

छोरीको जन्मपछि प्रमोदले सामाजिक संजालमा खुसि व्यक्त गर्दै स्टाटस अपडेट गरेका छन् । तर, प्रमोदलाई घरमा छोरीको आगमन भएको खबर बाड्न ६ दिन कुर्नुपर्यो । जन्मपछि छोरीलाई ६ दिन (१४५)घण्टासम्म भेन्टिलेटरमा राखिएको प्रमोदले बताएका छन् ।

यस तनावग्रस्थ अवस्थामा छोरीलाई काखमा लिन नपाउँदाको पिडा उनले स्टाटसमा पोखेका छन् । ‘भ्यान्टिलेटरमा ६ दिन (१४५ घण्टा )को कठिन संघर्षपछि बल्ल उनी हाम्रो काखमा आइपुगिन । तनावग्रस्त अवस्थाले रुनु न हास्नु भयौं, सबैसँग खुशी बाड्ने असीमित चाहना हुँदाहुँदै पनि सकिएको थिएन, न त दुखै साट्न सकियो। खुशी पक्कै आउला भनेर हरेस खाइएन, डा. नुतन शर्मा डा. शिव चालिसे डा गणेश शाहलगायत अल्का हस्पिटल टिम, शुभेच्छुक,भगवान र प्रार्थना गरिदिनु हुने सबैप्रति आभारी छौं ।’

प्रतिक्रिया दिनुहोस्