आकाशलाई ब्रेक दिएका निर्देशकले सुरु गरे नयाँ फिल्म निर्माण



रंगखबर, काठमाडौँ – अहिलेका व्यस्त अभिनेता आकाश श्रेष्ठलाई डेब्यु गराएका निर्देशक श्रीराम महतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । नाम तय नभइसकेको फिल्मको एक आइटम गीत पनि रेकर्ड गरिएको छ ।

राजधानीको एकेवस्टिक रेकर्डिङ स्टुडियोमा उक्त गीतमा गायिका टिका प्रशाईले स्वर दिएकी छन् । गीतकार हिराकाजी थापाले लेखेको गीतमा नागेन्द्र श्रेष्ठले संगीत भरेका छन् । गीत रेकर्ड गराएपछि गायिका प्रशाईले फरक खालको आइटम गाउँदा खुसि मिलेको र गीतले सफलता पाउने विश्वास व्यक्त गरिन ।

निर्देशक महतले फिल्ममा चार गीत समावेश गरिने बताए । ‘यसपटक आफ्नै कथामा फिल्म बनाउदै छु । चार गीत समावेश फिल्म पूर्णत प्रेमकथामा आधारित हुनेछ । लकडाउनको सहज वातावरण छनोट गरेर फिल्मको औपचारिक घोषणा गर्नेछौँ ।’ श्रीरामले भने ।

फिल्ममा दुई अभिनेत्री र एक अभिनेता हुनेछन । जसमध्ये एक अनुभवी र एक नयाँ अभिनेत्री रहने बताइएको छ ।

श्रीरामले आफ्नो पहिलो फिल्म ‘म त तिम्रै हुँ’मा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री ज्योत्सना योगीले ब्रेक दिएका थिए । अभिनेत्री सुस्मिता बम्जन केसीले निर्माण गरेको यो फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्