फुटबलमा आधारित सिरिज ‘अफ साइड’ प्रिमियर ~ सृंखलासहित ~



रंगखबर, काठमाडौँ – फुटबल खेलसँग सम्वन्धित वेब सिरिज ‘अफ साइड’ युट्युबमा रिलिज भएको छ । जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको सिरिजका चार शृंखला सार्वजनिक भैसकेका छन् ।

वर्तमान अवस्थामा फुटबलमा देखिएका समस्याहरु कमेडी ढंगमा प्रस्तुत गरिएको सिरिजमा राष्ट्रिय र अन्तरराष्ट्रिय खेलाडीको समेत अभिनय रहेको बताइएको छ ।

निर्देशक जितेन्द्रकै सम्पादन रहेको सिरिजमा सुगन तन्डुकार, सरिता भुजेल, सकल रेग्मी, कमल श्रेष्ठ, आशिक थापा मगर, डिकेस खड्गी, जोन जुनियर, संजय थापा तथा बाल कलाकार समिर तन्डुकारको अभिनय छ ।

सगुन तन्डुकारको परिकल्पनामा तयार सिरिजमा काजी लिम्बु कथा, सम्राट बस्नेतको द्वन्द, डोलेन्द्र कटुवालको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्