नयाँ फिल्ममा सौगात र शिव पक्का



कलाकार तथा निर्देशक आकाश अधिकारीले नयाँ फिल्म तयारीमा जुटेका छन् । प्रि प्रोडक्सन चरणमा रहेको उक्त अनटाइटल फिल्मको कास्ट एण्ड क्रु सार्वजनिक गरिएको छ ।

अधिकारीकै निर्देशन, कथा र अभिनय रहने फिल्मका मुख्य कलाकारहरुमा सौगात मल्ल, शिव श्रेष्ठ, रविन्द्र झा, सुनिल कटुवाललगायत छन् । यस्तै नव विजय प्रकाश श्रेष्ठ, विजय उप्रेती र सजल लोप्चनको पटकथा संवाद रहने फिल्मलाई द स्काई मुभिजको व्यानरमा निर्माण गरिनेछ । फिल्म सस्पेन्स थ्रिलर जनरामा निर्माण हुनेछ ।

स्काई मुभिजको यो सातौँ फिल्म हो । सन् १९९८ मा फिल्म ‘रणभुमि’ निर्माण गरेको यो व्यानरले पछिल्लो पटक ‘के म तिम्रो होइन र’ रिलिज गरेको थियो ।

अधिकारीको १३ औँ निर्देशकीय फिल्ममा नवराज कृष्ण थापाको छायांकन, राजनराज सिवाकोटी/शिखर सन्तोषको संगीत, अम्बिका शर्मा/राजनराजको शब्द रचना र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

क्लाउडिया अधिकारीको प्रोडक्सन डिजाइन रहने फिल्मको सहायक निर्देशकमा दीपत प्रकाश अधिकारी रहनेछन । तिहारपछि खिचिने फिल्मको छायांकन मिति भने तय भइसकको छैन ।

प्रतिक्रिया दिनुहोस्